भजनसंग्रह 48
48
भजन 48
एउटा गीत, कोरहका छोराहरूको भजन।
1हाम्रा परमेश्वरको सहरमा, उहाँको पवित्र पर्वतमा,
याहवेह महान् र प्रशंसाको योग्य हुनुहुन्छ।
2उचाइमा सुन्दर,
सारा पृथ्वीको आनन्द सियोन पर्वत हो,
जो सापोनको#48:2 सापोन कनानीहरूको अति पवित्र पर्वत थियो। उचाइझैँ छ,
जो हाम्रा महाराजाको सहर हो।
3तिनका#48:3 यसले यरूशलेम सहरलाई जनाउँदछ किल्लाहरूमा परमेश्वर हुनुहुन्छ;
तिनका रक्षक परमेश्वर आफैँ हुनुहुन्छ भनी उहाँले देखाउनुभएको छ।
4जब राजाहरूले एकसाथ दल बाँधे;
जब तिनीहरूसँगै अगि बढे,
5तिनीहरूले तिनलाई देखे; र तिनीहरू छक्क परे;
तिनीहरू डराएर भागे।
6तिनीहरू त्यहीँ नै डरले थरथर काँप्न लागे,
प्रसवपीडामा भएकी स्त्रीजस्तै तिनीहरू पीडामा परे।
7तर्शीशको जहाजहरूलाई झैँ
तपाईंले तिनीहरूलाई पूर्वीय बतासले नष्ट पार्नुभयो।
8सेनाहरूका याहवेहको सहरमा,
हाम्रा परमेश्वरको नगरमा,
जस्तो हामीले सुनेका थियौँ,
त्यस्तै देखेका छौँः
परमेश्वरले तिनलाई
सदासर्वदा सुरक्षित राख्नुहुन्छ। सेला
9हे परमेश्वर, तपाईंको मन्दिरभित्र,
हामी तपाईंको अचुक प्रेमको ध्यान गर्छौँ।
10हे परमेश्वर, तपाईंको नामजस्तै,
तपाईंको प्रशंसा पृथ्वीको छेउसम्मै पुग्दछ;
तपाईंको दाहिने बाहुली धार्मिकताले भरिएको छ।
11तपाईंका सही न्यायहरूका कारण,
सियोन पर्वत आनन्दित हुन्छ;
यहूदाका सहरहरू#48:11 मूल भाषामा यहूदाका छोरीहरू हर्षित हुन्छन्।
12सियोनको चारैतिर हिँड, र यसको परिक्रमा गर;
यसका धरहराहरू गन,
13यसको सुरक्षाको पर्खालहरूमाथि ध्यानसाथ हेर;
यसका किल्लाहरूमाथि दृष्टि लगाओ;
तब तिमीहरूले अर्को पुस्तालाई यसको बारेमा
राम्ररी वर्णन गर्न सक्छौ।
14किनकि यिनै परमेश्वर हाम्रा सदासर्वदाका परमेश्वर हुनुहुन्छ;
अनन्तसम्मै उहाँले हामीलाई अगुवाइ गर्नुहुनुहुनेछ।
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 48: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.