YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 41:1-6

भजनसंग्रह 41:1-6 NCV

धन्य हुन् तिनीहरू, जसले गरिबलाई वास्ता गर्छन्; याहवेहले तिनीहरूलाई सङ्कष्‍टको दिनमा बचाउनुहुन्छ। याहवेहले तिनीहरूको रक्षा गर्नुहुन्छ र जीवित राख्नुहुन्छ। तिनीहरू पृथ्वीका आशिषित मानिसहरूसँग गनिन्छन्। उहाँले तिनीहरूलाई तिनीहरूका वैरीहरूका इच्छामा छोड्नुहुन्‍न। याहवेहले तिनीहरूलाई बिरामी हुँदा सम्हाल्नुहुन्छ, र तिनीहरूलाई तिनीहरूका बिरामीको ओछ्यानबाट स्वस्थ पार्नुहुन्छ। मैले भनेँ, “हे याहवेह, ममाथि कृपा गर्नुहोस्; मलाई निको पार्नुहोस्; किनकि मैले तपाईंको विरुद्धमा पाप गरेको छु।” मेरा शत्रुहरूले खराब कुरा बोलेर मलाई यसो भन्छन्, “त्यो कहिले मर्ला र त्यसको नामनिशानै मेटिएला?” जब तीमध्ये कोही मलाई भेट्न आउँछ, त्यसले झूटो कुरा बोल्छ, र त्यसको हृदयले अधर्मका कुराहरू थुपार्छ; तब बाहिर गएर त्यसले मेरो निन्दाका कुरा फैलाउँछ।

भजनसंग्रह 41 पढ्नुहोस्