त्यो धन्यको हो, जसले निर्धाहरूको फिक्री गर्दछ, दु:खको दिनमा परमप्रभुले त्यसलाई छुटकारा दिनुहुन्छ। परमप्रभुले त्यसको रक्षा गर्नुहुनेछ, र त्यसको जीवन जोगाउनुहुनेछ। उहाँले त्यसलाई पृथ्वीमा आशिष् दिनुहुनेछ, अनि त्यसलाई त्यसका शत्रुहरूको इच्छामा छोड्नुहुनेछैन। परमप्रभुले त्यसलाई त्यसको बिरामीको ओछ्यानमा सम्हाल्नुहुनेछ, अनि त्यसलाई फेरि स्वास्थ्य प्रदान गर्नुहुनेछ। मैले भनें, “हे परमप्रभु, ममाथि अनुग्रह गर्नुहोस्। मलाई निको पारिदिनुहोस्, किनकि मैले तपाईंको विरुद्धमा पाप गरेको छु।” मेरा शत्रुहरू द्वेषसाथ यसो भन्छन्, “त्यो कहिले मर्ला, र त्यसको नाउँनिशानै मेटिएला?” जब मलाई हेर्न कोही आउँछ, त्यसले झूटो कुरा बोल्छ, र त्यसको हृदयमा अधर्मका कुराहरू थुपार्छ। तब बाहिर गएर त्यसले मेरो निन्दाका कुरा फैलाउँछ।
भजनसंग्रह 41 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 41
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 41:1-6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू