YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 35:11-18

भजनसंग्रह 35:11-18 NCV

निर्दयी साक्षीहरू अगि आउँछन्; तिनीहरूले मैले जान्दै नजानेका कुराहरू मलाई सोध्छन्। तिनीहरूले मलाई भलाइको बदलामा खराबी गर्छन्, तपाईंले मेरो प्राणलाई आफन्त गुमाएझैँ शोकमा डुबाउनुभएको छ। तापनि जब तिनीहरू बिरामी भए, मैले भाङ्ग्राको वस्त्र लगाएँ; र उपवास बसेर आफूलाई दुःखित बनाएँ, जब मेरा प्रार्थना उत्तरविना नै फर्केर आयो, मेरा मित्र वा भाइको निम्ति शोक गरेझैँ, म तिनीहरूको निम्ति शोक गर्दै हिँडेँ। आफ्नी आमाको निम्ति विलाप गरेझैँ मैले शोकमा शिर झुकाएँ। तर जब मैले ठेस खाएँ, तिनीहरू मेरो विरुद्धमा एकमत भएर हाँसो गरे; मैले थाहै नपाई आक्रमणकारीहरू मेरो विरुद्धमा जम्मा भए। तिनीहरूले नथाकी लगातार मेरो निन्दा गरे। भक्तिहीनलेझैँ तिनीहरूले क्रूरतासाथ निन्दा गरे; तिनीहरूले ममाथि दाह्रा किटे। हे प्रभु, कहिलेसम्म तपाईं हेरिरहनुहुन्छ? तिनीहरूका आक्रमणबाट, र ती सिंहहरूबाट मलाई छुटाउनुहोस्। म तपाईंलाई ठूलो महासभामा धन्यवाद चढाउनेछु; विशाल जनसमूहमा म तपाईंको प्रशंसा गर्नेछु।

भजनसंग्रह 35 पढ्नुहोस्