निर्दयी साक्षीहरू अगि आउँछन्। मैले जान्दै नजानेका कुरा तिनीहरू मलाई सोध्छन्। तिनीहरू भलाइको बदला मलाई खराबी गर्छन्, र मेरो प्राणलाई अत्यन्त निराश छोड्छन्। तापनि तिनीहरू बिरामी हुँदा, मैले भाङ्ग्राको वस्त्र लगाएँ, र उपवास बसेर आफूलाई दीन बनाएँ। जब मेरा प्रार्थना उत्तरविनै फर्केर आए, मेरा मित्र र मेरो भाइको निम्ति शोक गरेझैँ म शोक गर्दै हिँडें। आफ्नी आमाको निम्ति विलाप गरेझैँ शिर झुकाएर मैले शोक मनाएँ। तर जब मैले ठेस खाएँ, हाँसो गर्दै तिनीहरू मेरो विरुद्धमा एकत्र भए। मैले थाहै नपाएको बेलामा आक्रमणकारीहरू मेरो विरुद्धमा जम्मा भए। तिनीहरूले लगातार मेरो निन्दा गरे। अधर्मीझैँ तिनीहरूले वैमनस्यपूर्वक निन्दा गरे, तिनीहरूले ममाथि दाह्रा किटे। हे परमप्रभु, कहिलेसम्म तपाईं हेरिरहनुहुन्छ? तिनीहरूले ममाथि ल्याएको आक्रमणबाट, ती सिंहहरूबाट मेरो ज्यानलाई छुटाउनुहोस्। ठूलो समुदायमा म तपाईंमा धन्यवाद चढ़ाउनेछु, विशाल जन-समूहमा म तपाईंको प्रशंसा गर्नेछु।
भजनसंग्रह 35 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 35
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 35:11-18
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू