YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 31:9-16

भजनसंग्रह 31:9-16 NCV

हे याहवेह, ममाथि कृपालु हुनुहोस्; किनकि म सङ्कष्‍टमा परेको छु; शोकले गर्दा मेरा आँखा कमजोर भएका छन्, अनि मेरो प्राण र मेरो शरीर शोकमा छन्। मेरो जीवन वेदनामा जलेको छ, र मेरो आयुचाहिँ सुस्केरामा बितेका छन्; मेरो अधर्मको कारणले मेरो बल घटेको छ, र मेरा हाडहरू कमजोर भइसकेका छन्। मेरा सारा शत्रुहरूका कारणले गर्दा, म मेरा छिमेकीहरूका निम्ति घृणाको पात्र बनेको छु, मेरा सबै हितैषी मित्रहरूका निम्ति म एक डरको कारण भएको छु, मलाई बाटोमा देख्नेहरू, मबाट टाढा भाग्दछन्। मरिसकेको मानिसलाई झैँ मलाई तिनीहरूले बिर्सेका छन्; म एक फुटेको भाँडाझैँ भएको छु। किनकि धेरैले मेरो विरुद्धमा कानेखुसी गरेको मैले सुनेको छु, “चारैपट्टि मेरो निम्ति खतरा मात्र छ।” तिनीहरूले मेरो विरुद्धमा जाल बनाउँदछन्, र मेरो प्राण लिनलाई तिनीहरू षड्यन्त्र रच्दछन्। तर हे याहवेह, म तपाईंमा नै भरोसा राख्छु; म भन्छु, “तपाईं नै मेरो परमेश्‍वर हुनुहुन्छ।” मेरा समयहरू तपाईंकै हातमा छन्; मलाई खेदो गर्ने, मेरा शत्रुहरूका हातबाट मलाई छुटाउनुहोस्! तपाईंको मुहार आफ्नो सेवकमाथि चम्काउनुहोस्; तपाईंको अचुक प्रेममा मलाई बचाउनुहोस्!

भजनसंग्रह 31 पढ्नुहोस्