भजनसंग्रह 2
2
भजन 2
1राष्ट्रहरू किन षड्यन्त्र#2:1 केही प्राचीन पा.लि.हरूमा क्रोध भनिएको छ। रच्दछन्,
अनि जाति-जातिहरू किन व्यर्थमा जाल रच्छन्?
2याहवेह र उहाँका अभिषिक्त जनका विरुद्धमा
पृथ्वीका राजाहरू खडा हुन्छन्,
र शासकहरू एकजुट भएर भेला भएका छन्।
3तिनीहरू यसो भन्छन्, “आओ, हामी तिनीहरूका साङ्लाहरू छिनालौँ,
र तिनीहरूका बन्धनहरू फुकालौँ।”
4स्वर्गमा विराजमान हुनुहुनेचाहिँ हाँस्नुहुन्छ;
प्रभुले तिनीहरूको उपहास गर्नुहुन्छ।
5आफ्नो क्रोधमा उहाँले तिनीहरूलाई हप्काउनुहुन्छ,
र आफ्ना क्रोधमा तिनीहरूलाई यसो भन्दै भयभीत पार्नुहुन्छ,
6“मैले मेरो राजालाई नियुक्त गरेको छु,
मेरो पवित्र सियोन#2:6 अथवा यरूशलेम पर्वतमा”, प्रभु घोषणा गर्नुहुन्छ।
7म याहवेहको उर्दी घोषणा गर्नेछु:
उहाँले मलाई आज्ञा गर्नुभयो, “तिमी मेरा पुत्र हौ;
आज म तिम्रो पिता भएको छु।
8मसँग माग
र म राष्ट्रहरूलाई तिम्रो उत्तराधिकार तुल्याइदिनेछु,
र पृथ्वीको अन्तसम्म तिम्रो निज सम्पत्ति तुल्याइदिनेछु।
9तिमीले फलामको राजदण्डले तिनीहरूलाई पिस्नेछौ,#2:9 अथवा शासन गर्नेछौ।
कुमालेको भाँडाझैँ तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछौ।”
10यसकारण हे राजाहरू हो, बुद्धिमान् होओ;
पृथ्वीका शासकहरू हो, सचेत होओ!
11भयसाथ याहवेहको सेवा गर,
र कम्पनसाथ उहाँको आनन्द मनाओ।
12उहाँको पुत्रलाई सम्मान#2:12 यसले चुम्बन पनि जनाउन सक्छ, तर मूल भाषामा यो शब्दको अर्थ स्पष्ट छैन। गर, नत्रता उहाँ क्रोधित हुनुहुनेछ,
र तिमीहरूको व्यवहारले विनाशमा पुर्याउला;
किनकि उहाँको क्रोध चाँडै दन्कन्छ।
धन्य हुन् तिनीहरू सबै, जो उहाँको शरणमा पर्दछन्।
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 2: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.