मेरा शत्रुहरूलाई मैले खेदेर भेट्टाएँ; तिनीहरूको विनाश नहोउन्जेल म फर्केर आइनँ। मैले तिनीहरूलाई टुक्रै-टुक्रा बनाएँ; ताकि तिनीहरू उठ्न नसकून्; तिनीहरू मेरा पाउमुनि लडे। तपाईंले मलाई लडाइँको निम्ति तयार पार्नुभएको छ; तपाईंले मेरा शत्रुहरूलाई मेरा पाउमा निहुरन लगाउनुभएको छ। तपाईंले मेरा शत्रुहरूलाई पिठिउँ फर्काएर भाग्न लगाउनुभएको छ, र मैले मेरा वैरीहरूलाई विनाश पारेँ। तिनीहरूले सहायताको लागि पुकार गरे, तर तिनीहरूलाई बचाउने कोही पनि भएन तिनीहरूले याहवेहलाई पनि पुकारे, तर उहाँले पनि तिनीहरूलाई जवाफ दिनुभएन। मैले तिनीहरूलाई बतासले उडाइलैजाने धुलोझैँ धुलोपिठो पारेँ; मैले तिनीहरूलाई बाटोको हिलोझैँ कुल्चिएँ।
भजनसंग्रह 18 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 18:37-42
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू