YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 145:8-13

भजनसंग्रह 145:8-13 NCV

याहवेह अनुग्रही र कृपालु हुनुहुन्छ; रिसाउनमा ढिलो र अचुक प्रेममा महान् हुनुहुन्छ। याहवेह सबैमाथि भलो हुनुहुन्छ; र आफ्ना सारा सृष्‍टिमाथि उहाँले कृपा देखाउनुहुन्छ। हे याहवेह, तपाईंले सृष्‍टि गर्नुभएका सबै थोकले तपाईंको प्रशंसा गर्दछन्; तपाईंका विश्‍वासयोग्य जनहरूले तपाईंको स्तुति गर्नेछन्। तिनीहरूले तपाईंको राज्यको महिमाको वर्णन गर्नेछन्; र तपाईंको शक्तिको बखान गर्नेछन्, ताकि सबै मानिसहरूले तपाईंका शक्तिशाली कार्यहरू, र तपाईंका राज्यको महिमामय वैभव थाहा पाऊन्। तपाईंको राज्य अनन्तको राज्य हो, र तपाईंको प्रभुत्व पुस्तौँ-पुस्तासम्म रहिरहन्छ।

भजनसंग्रह 145 पढ्नुहोस्