YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 143:7-12

भजनसंग्रह 143:7-12 NCV

हे याहवेह, मलाई झट्टै जवाफ दिनुहोस्; मेरो आत्मा क्षीण हुँदछ। तपाईंको मुहार मबाट नलुकाउनुहोस्; नत्र म चिहानभित्र जानेहरूझैँ हुनेछु। हरेक बिहानले मेरा निम्ति तपाईंको अचुक प्रेमको वचन ल्याओस्; किनकि तपाईंमा नै मैले आफ्नो भरोसा राखेको छु; म कुन मार्गमा हिँड्नुपर्ने हो, त्यो मलाई देखाउनुहोस्; किनकि म मेरो जीवन तपाईंमा अर्पण गर्दछु। हे याहवेह, मलाई मेरा शत्रुहरूबाट छुटाउनुहोस्; किनकि म आफूलाई तपाईंमा लुकाउँछु। मलाई तपाईंको इच्छा पूरा गर्न सिकाउनुहोस्; किनकि तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ। तपाईंको असल आत्माले मलाई समतल जमिनमा डोर्‍याऊन्! हे याहवेह, आफ्ना नामको खातिर मेरो जीवनको रक्षा गर्नुहोस्; तपाईंको धार्मिकतामा मलाई कष्‍टबाट छुटाउनुहोस्। तपाईंको अचुक प्रेममा, मेरा शत्रुहरूलाई चुप गराइदिनुहोस्; मेरा सबै वैरीहरूलाई नाश पार्नुहोस्; किनकि म तपाईंको सेवक हुँ।

भजनसंग्रह 143 पढ्नुहोस्