YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 139:1-10

भजनसंग्रह 139:1-10 NCV

हे याहवेह, तपाईंले मलाई जाँच्नुभएको छ, अनि मलाई चिन्‍नुहुन्छ। तपाईंले मेरो उठाइ र मेरो बसाइ जान्‍नुहुन्छ; तपाईंले टाढैबाट मेरो विचार बुझ्नुहुन्छ। तपाईंले मेरो हिँडाइ र मेरो सुताइ जान्‍नुहुन्छ; मेरा सबै मार्गहरूसँग तपाईं परिचित हुनुहुन्छ। मेरो जिब्रोमा कुनै शब्द आउनअगि नै, हे याहवेह, तपाईंले त्यो सम्पूर्ण रूपले जान्‍नुहुन्छ। तपाईंले मलाई अगि र पछिबाट घेर्नुभएको छ; र आफ्नो हात ममाथि राख्नुभएको छ। मेरो निम्ति यस्तो ज्ञान ज्यादै आश्‍चर्यपूर्ण छ; यसलाई प्राप्‍त गर्न मेरो निम्ति अति कठिन छ। तपाईंको आत्माबाट म कहाँ जान सक्छु? तपाईंको उपस्थितिबाट म कहाँ भाग्न सक्छु? यदि म स्वर्गमा गएँ भने तापनि त्यहाँ तपाईं हुनुहुन्छ; यदि पातालमा मैले आफ्नो ओछ्यान बनाएँ भने, त्यहाँ पनि तपाईं हुनुहुन्छ। यदि प्रभातको पखेटामा उडेर, समुद्रको पल्‍लो किनारमा पुगेर बसेँ भने पनि, त्यहाँ पनि तपाईंको हातले मलाई डोर्‍याउनेछ, र तपाईंको दाहिने हातले मलाई थाम्नेछ।

भजनसंग्रह 139 पढ्नुहोस्