YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 115:1-8

भजनसंग्रह 115:1-8 NCV

हाम्रो होइन, हे याहवेह, हाम्रो होइन, तर तपाईंको अचुक प्रेम र विश्‍वसनीयताको कारण, तपाईंकै नामको महिमा होस्! राष्ट्रहरूले किन यसो भन्छन्, “तिनीहरूका परमेश्‍वर कहाँ छन्?” हाम्रा परमेश्‍वर स्वर्गमा हुनुहुन्छ; उहाँले जे चाहनुहुन्छ, त्यही गर्नुहुन्छ। तर तिनीहरूका मूर्तिहरू सुन र चाँदी हुन्, जसलाई मानिसहरूका हातहरूले बनाएका हुन्। तिनीहरूका मुख त छन्, तर बोल्न सक्दैनन्; आँखा त छन्, तर देख्न सक्दैनन्; तिनीहरूका कान त छन्, तर सुन्‍न सक्दैनन्; नाक त छन्, तर सुँघ्न सक्दैनन्; हात त छन्, तर स्पर्श गर्न सक्दैनन्; खुट्टा त छन्, तर हिँड्न सक्दैनन्; न त तिनीहरू आफ्ना गलाबाट कुनै आवाज नै निकाल्न सक्दछन्। मूर्तिहरूलाई बनाउनेहरू पनि तिनीहरूजस्तै हुनेछन्; तिनीहरूमाथि भरोसा गर्नेहरू सबै पनि त्यस्तै हुनेछन्।

भजनसंग्रह 115 पढ्नुहोस्