YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 115:1-8

भजनसंग्रह 115:1-8 NNRV

हाम्रो होइन, हे परमप्रभु, हाम्रो होइन, तर तपाईंको करुणा र विश्‍वसनीयताको खातिर तपाईंको आफ्‍नै नाउँको महिमा होस्‌। जातिहरूले किन यसो भन्‍छन्‌, “तिनीहरूका परमेश्‍वर कहाँ छन्‌?” हाम्रा परमेश्‍वर स्‍वर्गमा हुनुहुन्‍छ, उहाँले जे चाहनुहुन्‍छ त्‍यही गर्नुहुन्‍छ। तर तिनीहरूका मूर्तिहरू मानिसहरूका हातले कुँदिएका, सुन र चाँदीका कलाहरू मात्र हुन्‌। तिनीहरूका मुख छन्‌, तर बोल्‍न सक्‍दैनन्‌। आँखा छन्‌, तर देख्‍न सक्‍दैनन्‌। कान छन्‌, तर सुन्‍न सक्‍दैनन्‌। नाक छन्‌, तर सुँघ्‍‌न सक्‍दैनन्‌। हात छन्‌, तर छाम्‍न सक्‍दैनन्‌। खुट्टा छन्‌, तर हिँड्‌न सक्‍दैनन्‌। तिनीहरू आफ्‍ना गलाबाट कुनै आवाजै निकाल्‍न सक्‍दैनन्‌। तिनीहरूलाई बनाउनेहरू पनि तिनीहरूजस्‍तै हुनेछन्‌। र तिनीहरूमाथि भरोसा राख्‍नेहरू पनि सबै उस्‍तै हुनेछन्‌।