भजनसंग्रह 112
112
भजन 112#112 यो भजनका प्रत्येक हरफहरू हिब्रू वर्णमालाका क्रमिक अक्षरहरूबाट सुरु हुन्छन्।
1याहवेहको प्रशंसा गर!#112:1 मूल भाषामा हल्लेलूयाह
त्यो मानिस धन्यको हो, जसले याहवेहको भय मान्दछ,
जो उहाँका आज्ञाहरूमा ज्यादै प्रसन्न हुन्छ।
2त्यसका सन्तानहरू पृथ्वीमाथि शक्तिशाली हुनेछन्;
धर्मी मानिसहरूका पुस्ताले आशिष् पाउनेछन्।
3त्यसको घरमा धन र सम्पत्ति रहन्छ,
र त्यसको धार्मिकता सदाकाल रहिरहन्छ।
4सत्यनिष्ठ मानिसहरू, जो अनुग्रही, दयालु, र धर्मी छन्,
तिनीहरूका निम्ति अन्धकारमा पनि ज्योति चम्कन्छ।
5उदार चित्तले ऋण दिनेहरू,
र इमानदारीतासाथ आफ्नो कारोबार चलाउने मानिसहरूको भलो हुन्छ।
6अवश्य नै धर्मी जनहरू कहिल्यै डगमगाउनेछैनन्;
तिनीहरूको सम्झना सदासर्वदा गरिनेछ।
7खराब समाचारले तिनीहरू कहिल्यै डराउनेछैनन्;
याहवेहमा भरोसा गरेकोले तिनीहरूका हृदय दृढ रहन्छ।
8तिनीहरूका हृदय निर्धक्क रहन्छ, र तिनीहरूलाई कुनै डर हुनेछैन;
अन्त्यमा तिनीहरूले आफ्ना वैरीहरू हार भएको देख्नेछन्।
9तिनीहरूले गरिबहरूलाई उदारतापूर्वक दान दिएका छन्;
तिनीहरूका धार्मिकता सदासर्वदा रहिरहन्छ;
तिनीहरूका शिर सम्मानले उच्च रहनेछ।
10दुष्ट मानिस त्यो देखेर कुँडिनेछ;
तिनीहरूले आफ्ना दाह्रा किट्नेछन्, र नष्ट हुनेछन्;
दुष्टहरूका अभिलाषाहरू विफल हुन्छन्।
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 112: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.