भजनसंग्रह 105:16-19

भजनसंग्रह 105:16-19 NCV

उहाँले त्यस देशमा अनिकाल पठाउनुभयो, र तिनीहरूका आहाराको सम्पूर्ण स्रोत नष्‍ट गरिदिनुभयो; उहाँले योसेफ नाम गरेका पुरुषलाई, तिनीहरूको अगि पठाउनुभयो— जो दासको रूपमा बेचिएका थिए। तिनका खुट्टाहरूमा नेल ठोकेर तिनीहरूले घाइते पारेका थिए; तिनको घाँटीमा फलामको साङ्लाले बाँधेका थिए, उहाँका अगमवाणी पूरा नभएसम्म, याहवेहको वचनले तिनलाई सत्य प्रमाणित नगरेसम्म; तिनीहरूले त्यसो गरे।

भजनसंग्रह 105 पढ्नुहोस्