असल चरित्र भएकी पत्नी कसले पाउन सक्छ? तिनी त माणिकहरूभन्दा बहुमूल्यकी हुन्छिन्। तिनका पतिले तिनीमाथि पूर्ण भरोसा गर्छिन्; र तिनलाई कुनै मूल्यवान् कुराको अभाव हुँदैन। तिनले आफ्नो जीवनकालभरि नै खराब कुरा होइन, तर असल कुरा दिन्छिन्। तिनले ऊन र सनपाट चुन्छिन्, र इच्छुक हातले काम गर्छिन्। व्यापारीका जहाजहरूले जस्तै; तिनले टाढाबाट भोजन ल्याउँछिन्। मिरमिरे बिहान नहुँदै तिनी उठ्छिन्, आफ्नो परिवारको निम्ति भोजन जुटाउँछिन्, र आफ्नी सेविकाहरूलाई आ-आफ्नो भाग बाँडिदिन्छिन्। तिनले विचार गरेर एउटा जमिन किन्छिन्, र आफ्नो कमाईबाट एउटा दाखबारी लगाउँछिन्। तिनले आफ्नो काम जोसका साथ गर्छिन्; आफ्नो कामको निम्ति तिनले आफ्ना पाखुराहरू बलियो पार्छिन्। तिनले आफ्नो कारोबारबाट लाभ भएको छ भनी देख्छिन्; र राति तिनको बत्ती निभ्दैन। तिनले आफ्नो हातले चर्खा चलाउँछिन्, र आफ्नो औँलाले पिउरी समाउँछिन्। तिनले गरिबका निम्ति आफ्नो मुट्ठी खोल्छिन्; र खाँचोमा परेकाहरूको निम्ति सहायताको हात बढाउँछिन्। हिउँ पर्दा आफ्नो परिवारको निम्ति तिनी डराउँदिनन्; किनकि तिनीहरू सबैले सिन्दूरे रङ्गको वस्त्र पहिरेका हुन्छन्। तिनी आफैँले ओछ्यान ढाक्ने तन्ना बनाउँछिन्; तिनले असल सुती र बैजनी वस्त्र लगाएकी हुन्छिन्। उनका पतिलाई सहरको मूलढोकामा आदर गरिन्छ, जहाँ उनी देशका अगुवाहरूका बीचमा बस्छन्। तिनले सुती कपडाका वस्त्रहरू बनाउँछिन् र ती बिक्री गर्छिन्; र व्यापारीलाई पटुकाहरू उपलब्ध गराउँछिन्।
हितोपदेश 31 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 31:10-24
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू