राजा लमूएलका नीतिवचन, जुन तिनका आमाले तिनलाई सिकाएकी थिइन्—एक ईश्वरवाणी। हे मेरा छोरा, सुन्! हे मेरा गर्भका छोरा, सुन्! हे मेरो छोरा, प्रार्थनाहरूका जवाफ सुन्! तेरो आफ्नो सम्पूर्ण बल स्त्रीहरूलाई दिएर नसक्; तेरो शक्ति तिनीहरूलाई नदे, जसले राजाहरूलाई पतन गराउँछन्। यो कुरा राजाहरूका निम्ति होइन, हे लमूएल— राजाहरूले मद्यपान गर्नुहुन्न, शासकहरूले मदिराको लालसा गर्नुहुन्न, कतै तिनीहरूले पिएर कानुनलाई बेवास्ता गर्लान्, र थिचोमिचोमा परेकाहरूलाई तिनीहरूका अधिकारबाट वञ्चित गर्लान्। तिनीहरूलाई मदिरा दे, जो नष्ट भइरहेका छन्; तिनीहरूलाई मद्यपान दे, जो वेदनामा परेका छन्। तिनीहरूले पिऊन् र आफ्नो गरिबी बिर्सून्, अनि आफ्ना वेदना कहिल्यै नसम्झून्। आफ्ना निम्ति बोल्न नसक्नेहरूका निम्ति, र दुःख पाएकाहरूका अधिकारको निम्ति बोलिदे। आवाज उठा, र ठिकसित न्याय गर्, गरिब र खाँचोमा परेकाहरूको अधिकारको रक्षा गर्!
हितोपदेश 31 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 31:1-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू