YouVersion लोगो
खोज आइकन

हितोपदेश 27:5-10

हितोपदेश 27:5-10 NCV

गुप्‍तको प्रेमभन्दा खुल्‍लमखुल्‍ला हप्की असल हुन्छ। मित्रबाट पाएको चोट पत्यार गर्न सकिने हुन्छ; तर शत्रुले चुम्बनको वर्षा गर्छ। अघाएको पेटले मह रुचाउँदैन, तर भोकाएकाहरूलाई तितो पनि मिठो हुन्छ। घरदेखि टाढा बरालिएको मानिस, आफ्नो गुँडदेखि टाढा भड्किरहेको चरोजस्तै हो। अत्तर र धूपले हृदयमा आनन्द ल्याउँछ; र मित्रको आनन्द त्यसको आन्तरिक सल्‍लाहबाट आउँछ। आफ्नो मित्र वा आफ्नो परिवारका मित्रलाई नत्याग, तिमीलाई विपत्ति आइपर्दा आफ्नो दाजुभाइको घरमा नजाऊ; किनकि टाढा बस्‍ने आफन्तभन्दा नजिक बस्‍ने छिमेकी असल हुन्छ।

हितोपदेश 27 पढ्नुहोस्