बुद्धिले तिमीलाई दुष्ट मानिसको मार्ग, र भ्रष्ट कुरा गर्ने मानिसबाट जोगाउनेछ, जसले अन्धकारका मार्गहरूमा हिँड्नका लागि सीधा मार्गहरू त्यागेका छन्, जो खराबी गर्नमा रमाउँछन्, र दुष्टहरूका भ्रष्टतामा आनन्दित हुन्छन्, जसका चालहरू टेढा, र आफ्ना मार्गहरूमा कुटिल छन्। बुद्धिले तिमीलाई व्यभिचारिणी स्त्रीबाट र स्वेच्छाचारी स्त्रीका लोभ्याउने कुराहरूबाट जोगाउनेछ, जुन स्त्रीले आफ्नो युवा अवस्थाको जीवन साथीलाई त्यागेकी छे, र त्यसले परमेश्वरसित बाँधेको करारलाई इन्कार गरेकी छे। निश्चय नै त्यसको घरले मृत्युतिर र त्यसका मार्गहरूले मृतकहरूका आत्मातिर पुर्याउँछन्। त्यससित जाने पुरुष फर्किआउँदैन, न त जीवनको मार्ग नै प्राप्त गर्छ। यसरी तिमी असल मानिसहरूका कदम अनुसरण गर्नेछौ, र धर्मी मानिसको बाटोमा लागिरहनेछौ।
हितोपदेश 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 2:12-20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू