गन्ती 34
34
कनान देशका सिमानाहरू
1याहवेहले मोशालाई भन्नुभयो, 2“इस्राएलीहरूलाई आज्ञा दिएर यसो भन्: ‘जब तिमीहरू कनान देशमा प्रवेश गर्छौ, तिमीहरूलाई उत्तराधिकारको रूपमा बाँडिने जमिनको सिमाना यस्तो हुनेछ:
3“ ‘तिमीहरूको दक्षिण भागतिर एदोमको सिमानादेखि जीनको उजाडस्थानको केही भागसम्म पर्नेछ। तिमीहरूको दक्षिणी सिमाना पूर्वपट्टि भएको मृत सागरको अन्तिमदेखि सुरु भएर, 4अक्रब्बीमको दक्षिणी घाटी पार गरेर जीनतिर बढ्दै गएर कादेश-बर्नेको दक्षिणसम्म पुग्नेछ। त्यसपछि त्यो हसर-अद्दरहुँदै अज्मोनसम्म पुग्नेछ, 5जहाँ सिमाना घुमेर इजिप्टको नदीसँग जोडिनेछ; र भूमध्यसागरमा टुङ्गिनेछ।
6तिमीहरूका पश्चिमी सिमाना भूमध्य सागरको किनारसम्म हुनेछ। तिमीहरूको पश्चिमपट्टिको सिमाना यही हुनेछ।
7तिमीहरूको उत्तरपट्टिको सिमाना भूमध्य सागरदेखि होर पर्वतसम्म हुनेछ, 8र होर पर्वतबाट लेबो-हमातसम्म हुनेछ। अनि तिमीहरूको सिमाना सदादसम्म जानेछ, 9र सिप्रोनसम्म गएर हसर-एनानमा टुङ्गिनेछ। तिमीहरूको उत्तरपट्टिको सिमाना यही हुनेछ।
10तिमीहरूको पूर्वपट्टिको सिमाना हसर-एनानबाट सुरु भएर सपामसम्म हुनेछ। 11त्यो सिमाना सपामबाट ऐनको पूर्वी भागमा भएको रिब्लासम्म तल पुग्नेछ। अनि त्यो पूर्वपट्टिको ओरालो हुँदै गालीलको समुद्रसम्म#34:11 अथवा किन्नरेतको समुद्र पुग्नेछ। 12त्यसपछि यर्दन नदीको किनारहुँदै तल गएर मृत सागरको सिमानामा टुङ्गिनेछ।
“ ‘तिमीहरूका देशको चारैतिरका सिमानाहरू यी नै हुनेछन्।’ ”
13मोशाले इस्राएलीहरूलाई आज्ञा दिए: “यस देशलाई पैतृक सम्पत्तिको रूपमा चिट्ठा हालेर बाँड्नू। याहवेहले यसलाई साढे नौ वटा कुलहरूलाई दिनू भनेर आज्ञा गर्नुभएको छ। 14किनकि रूबेन, गाद र मनश्शेको आधा कुलका परिवारहरूले, तिनीहरूका अंश पाइसकेका छन्। 15यी साढे दुई कुलहरूले यरीहोको पारिपट्टि यर्दन नदीको सूर्य उदाउनेतिर तिनीहरूका परिवारअनुसार आ-आफ्ना अधिकार पाइसकेका छन्।”
16याहवेहले मोशालाई भन्नुभयो, 17“तिमीहरूका निम्ति पैतृक सम्पत्तिको रूपमा देश बाँडिदिने मानिसहरूका नाम यिनै हुन्: पुजारी एलाजार र नूनका छोरा यहोशू। 18अनि तिनीहरूलाई देश बाँडिदिनका निम्ति सहायता गर्नलाई प्रत्येक कुलबाट एक-एक जना अगुवा नियुक्त गर्नू।
19“ती अगुवाहरूका नाम यिनै हुन्:
“यहूदाको कुलबाट यपून्नेका छोरा कालेब;
20शिमियोनको कुलबाट अम्मीहूदका छोरा शेमूएल;
21बेन्यामीनको कुलबाट किसलोनका छोरा एलीदाद;
22दानको कुलबाट योग्लीका छोरा बुक्की अगुवा थिए;
23योसेफका छोरा मनश्शेको कुलबाट एपोदका छोरा हन्नीएल अगुवा थिए;
24योसेफका छोरा एफ्राइमको कुलबाट शिप्तानका छोरा कमूएल अगुवा थिए;
25जबूलूनको कुलबाट पर्नाककोका छोरा एलीशापान अगुवा थिए;
26इस्साखारको कुलबाट अज्जानका छोरा पल्तिएल अगुवा थिए;
27आशेरको कुलबाट शलोमीका छोरा अहीदूद अगुवा थिए;
28नप्तालीको कुलबाट अम्मीहूदका छोरा पदहेल अगुवा थिए।”
29याहवेहले कनान देशमा इस्राएलीहरूलाई पैतृक सम्पत्तिको भाग बाँडिदिनलाई नियुक्त गर्नुभएका मानिसहरू यिनै हुन्।
अहिले सेलेक्ट गरिएको:
गन्ती 34: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.