इस्राएलीहरूसँग यात्रा गरिरहेका विदेशीहरूले अरू खानेकुराको निम्ति लालसा गर्न थाले। अनि फेरि इस्राएलीहरूले विलौना गर्दै भन्न थाले, “यदि हामीसँग खानलाई मासु मात्र भइदिए हुन्थ्यो! हामीले इजिप्टमा सित्तैँमा माछा खान्थ्यौँ। साथै काँक्रा, खरबुजा, कन्दमूल, प्याज र लसुनहरू खाएको सम्झना आउँछ। तर अब त हाम्रो भोक नै हराएको छ। हामीले यो मन्नबाहेक अरू केही देख्न पाएका छैनौँ!” मन्नचाहिँ धनियाँको बिउजस्तो र हेर्दा गोमेदको खोटोजस्तो देखिन्थ्यो। मानिसहरू त्यसलाई बटुल्न बाहिर जान्थे; र त्यसलाई जाँतोमा पिँध्थे अर्थात् ओखलीमा कुट्थे। तिनीहरूले त्यसलाई भाँडामा पकाउँथे, अथवा रोटी बनाउँथे। अनि त्यसको स्वाद जैतुनको तेलमा पकाएको खानेकुराको जस्तो हुन्थ्यो। जब राति छाउनीमा शीत झर्थ्यो, तब मन्न पनि खस्थ्यो।
गन्ती 11 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गन्ती 11:4-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू