मोशाले हरेक परिवारका मानिसहरू आ-आफ्नो पालको प्रवेशद्वारमा विलाप गरिरहेका सुने। याहवेह असाध्यै क्रोधित हुनुभयो, तब मोशा दुःखित भए। मोशाले याहवेहलाई सोधे, “तपाईंले आफ्नो सेवकमाथि किन यस्तो दुःख ल्याउनुभयो? किन मैले तपाईंको दृष्टिमा अनुग्रह पाएको छैनँ? मैले के गरेर तपाईंलाई अप्रसन्न तुल्याएको छु र तपाईंले यी सबै मानिसहरूको भार ममाथि राखिदिनुभयो?” “के मैले यी सबै मानिसहरूलाई गर्भधारण गरेको हुँ र? के मैले तिनीहरूलाई जन्माएको हुँ र? तपाईंले किन मलाई तिनीहरूका पुर्खाहरूसँग शपथ खानुभएको देशमा पुर्याउनलाई एउटी धाईआमाले बालकलाई बोकेझैँ, यिनीहरूलाई मेरो अँगालोमा बोक् भन्नुहुन्छ? मैले यी सबै मानिसहरूका निम्ति मासु कहाँबाट ल्याऊँ? यिनीहरू ‘हामीलाई मासु खान देऊ!’ भनेर मसँग बिलौना गरिरहन्छन्। यी मानिसहरूलाई म एकलैले बोक्न सक्दिनँ। यो भार मेरा लागि अति गह्रौँ भएको छ। यदि तपाईंले मसँग यस्तै व्यवहार गर्नुहुन्छ भने कृपया बिन्ती छ, बरु मलाई मारिदिनुहोस्। यदि मैले तपाईंको दृष्टिमा निगाह पाएको छु भने मेरो विनाश म आफैँले हेर्न नपरोस्।” यो सुनेपछि याहवेहले मोशालाई भन्नुभयो: “तैँले इस्राएली मानिसहरूबाट अगुवाहरू र अधिकृतहरू भनी जानिएका सत्तरी जना प्रधानहरूलाई मकहाँ भेला गर्। तिनीहरू भेट हुने पालमा आऊन्, ताकि त्यहाँ तिनीहरू तँसँग खडा होऊन्। अनि म तल ओर्लिआउनेछु, र त्यहाँ तँसँग बोल्नेछु। म तँसँग भएको आत्माको शक्ति लिएर त्यो तिनीहरूमाथि हालिदिनेछु। तिनीहरूले तँसँग भएका मानिसहरूको भार बेहोर्नेछन्, र तँ एकलैले त्यसलाई बोक्नुपर्नेछैन।
गन्ती 11 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गन्ती 11:10-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू