जब येशू उत्रनुभयो, अनि उहाँले एउटा ठूलो भीडलाई देख्नुभयो, उहाँले तिनीहरूलाई टिठ्याउनुभयो; किनकि तिनीहरू गोठाला नभएका भेडाहरूझैं थिए। यसकारण उहाँले तिनीहरूलाई धेरै कुराहरू सिकाउन थाल्नुभयो। त्यस बेला दिन ढल्किसकेको थियो, त्यसकारण उहाँका चेलाहरू उहाँकहाँ आएर तिनीहरूले भने, “यो एउटा सुनसान ठाउँ हो, अनि धेरै ढिलो भइसकेको छ। यी मानिसहरूलाई पठाइदिनुहोस्, ताकि तिनीहरू छेउछाउका गाउँ र बस्तीहरूतिर गएर आफ्ना लागि केही खानेकुराहरू किनून्।” तर उहाँले भन्नुभयो, “तिमीहरूले नै तिनीहरूलाई केही खान देओ।” तिनीहरूले उहाँलाई भने, “त्यसको लागि त छ महिनाभन्दा बढिको ज्याला चाहिन्छ! के हामी गएर रोटीको लागि यति धेरै खर्च गरेर तिनीहरूलाई खान दिऔं?” उहाँले सोध्नुभयो, “तिमीहरूसित कतिओटा रोटी छन्? जाओ गएर हेर।” जब तिनीहरूले पत्ता लगाएर भने, “पाँचओटा रोटी र दुईओटा माछा।” तब येशूले तिनीहरू सबैलाई हरियो चउरमा झुण्ड-झुण्ड भई बस्न लाउने आज्ञा दिनुभयो। यसकारण तिनीहरू सय अनि पचासको झुण्ड भई बसे। ती पाँच रोटी र दुईटा माछा लिएर स्वर्गतिर हेरेर, उहाँले धन्यवाद दिनुभयो अनि रोटी भाँच्नुभयो। तब उहाँले ती कुराहरू मानिसहरूमा बाँडिदिनको लागि चेलाहरूलाई दिनुभयो। उहाँले ती दुई माछाहरू पनि तिनीहरूलाई बाँडिदिनुभयो। तिनीहरू सबैले खाए, र अघाए, अनि चेलाहरूले उब्रेका रोटीका टुक्राहरू र माछाहरू बाह्र डालाभरि उठाए। ती खानेहरूमा पुरुषहरू मात्रै पाँच हजार थिए।
मर्कूस 6 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 6:34-44
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू