YouVersion लोगो
खोज आइकन

मर्कूस 6:17-29

मर्कूस 6:17-29 NCV

किनकि हेरोद आफैले यूहन्‍नालाई पक्रन र बाँधेर झ्यालखानामा हाल्ने आदेश दिएका थिए; किनकि तिनले आफ्नै भाइ फिलिपकी पत्नी हेरोदियासको कारणले यसो गरेका थिए, जसलाई तिनले विवाह गरेका थिए। किनकि यूहन्‍नाले हेरोदलाई यसो भनेका थिए, “तपाईंले आफ्नै भाइकी पत्नी राख्नु उचित छैन।” यसकारण हेरोदियासले यूहन्‍नाको विरुद्धमा एउटा ईख राखेकी थिइन्, अनि तिनलाई मार्न चाहन्थिन्, तर तिनले सकेकी थिइनन्, हेरोद यूहन्‍नादेखि डराउँथे, र तिनलाई सुरक्षित राखेका थिए; किनकि तिनी एक धार्मिक र पवित्र मानिस हुन् भनेर तिनले जान्दथे। जब हेरोदले यूहन्‍नाका कुरा सुन्थे, तिनी साह्रै विचलित हुन्थे, तर पनि तिनको कुरा सुन्‍न मन पराउँथे। आखिरमा अनुकूल समय आयो। आफ्नो जन्मदिनमा हेरोदले आफ्ना उच्‍च पदाधिकारीहरू, सेनाका कप्‍तानहरू अनि गालील प्रदेशका प्रमुख व्यक्‍तिहरूका निम्ति एउटा ठूलो भोजको आयोजना गरे। अनि हेरोदियासकी छोरीले आएर नाची, उसले हेरोद अनि तिनका भोजमा आएका पाहुनाहरूलाई खुशी पारी। राजाले त्यस केटीलाई भने, “तिमीले मसित जे मागे पनि म तिमीलाई दिनेछु।” अनि तिनले शपथ खाएर उसलाई वचन दिए, “तिमीले जे मागे पनि म तिमीलाई दिनेछु, मेरो राज्यको आधा भागसम्म पनि।” त्यसले गएर आफ्नी आमालाई भनी, “म के मागूँ?” अनि तिनले जवाफ दिइन्, “बप्‍तिस्मा दिने यूहन्‍नाको शिर।” त्यो केटी तुरुन्तै हतारिँदै भित्र राजाकहाँ गएर यो विन्ती चढाई: “तपाईंले अहिल्यै बप्‍तिस्मा दिने यूहन्‍नाको शिर मलाई यस थालमा दिनुहोस् भन्‍ने म चाहन्छु।” राजा अत्यन्तै दुःखित भए, तर आफ्नो शपथ र भोजमा बसेका पाहुनाहरूका निम्ति उसलाई इन्कार गर्ने इच्छा गरेनन्। यसकारण तिनले तुरुन्तै फाँसी दिने मानिसलाई यूहन्‍नाको शिर ल्याउनु भनेर आज्ञा दिई पठाए। त्यो मानिस गयो, अनि झ्यालखानामा यूहन्‍नाको शिर काट्यो, अनि तिनको शिर एउटा थालमा ल्यायो। तिनले त्यो त्यस केटीलाई दिए; अनि उसले त्यो आफ्नी आमालाई दिई। यो सुनेर यूहन्‍नाका चेलाहरू आए, र तिनको शरीर लगे अनि चिहानमा राखे।

मर्कूस 6 पढ्नुहोस्