जब उहाँ एकलै हुनुभयो, ती बाह्र चेलाहरू र उहाँका चारैतिर भएकाहरूले दृष्टान्तहरूका विषयमा उहाँलाई सोधे। उहाँले तिनीहरूलाई भन्नुभयो, “परमेश्वरको राज्यको रहस्य तिमीहरूलाई प्रकट गरिएको छ, तर अरूलाई हरेक कुरो दृष्टान्तहरूमा भनिन्छ, यसरी धर्मशास्त्र पूरा होस्: “ ‘तिनीहरूले हेरिरहनेछन्, तर कहिल्यै देख्नेछैनन्, सुन्न त सुनिरहनेछन्, तर कहिल्यै बुझ्नेछैनन्; नत्र तिनीहरूले पश्चात्ताप गर्नेथिए र क्षमा पाउनेथिए।’ ” तब येशूले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरू यो दृष्टान्त बुझ्दैनौ? त्यसो भए तिमीहरूले अरू दृष्टान्त कसरी बुझ्नेछौ? बीउ छर्नेले वचन छर्दछ। कति मानिसहरू बाटोतिर परेका बीउजस्तै हुन्, जहाँ वचन छरिन्छ; तिनीहरूले जब यसलाई सुन्छन्, शैतान आउँछ र तिनीहरूमा छरिएको त्यो वचन लैजान्छ।
मर्कूस 4 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 4:10-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू