YouVersion लोगो
खोज आइकन

मर्कूस 12:13-17

मर्कूस 12:13-17 NCV

केही समयपछि तिनीहरूले येशूलाई उहाँको वचनमा पक्रनको लागि केही फरिसी र हेरोदीहरूलाई उहाँकहाँ पठाए। तिनीहरूले उहाँकहाँ आएर भने, “हे गुरु, तपाईं इमानदार मानिस हुनुहुन्छ भनी हामी जान्दछौँ। तपाईं मानिसहरूद्वारा बहकाइनुहुन्‍न, किनकि तिनीहरू को हुन् भनी तपाईं ध्यान दिनुहुन्‍न; तर तपाईंले साँचो गरी परमेश्‍वरका मार्ग सिकाउनुहुन्छ। सिजरलाई कर तिर्नु उचित छ कि छैन? हामीले तिर्नुपर्छ कि पर्दैन?” तर येशूले तिनीहरूको कपट बुझ्नुभयो, र उहाँले सोध्नुभयो, “तिमीहरू किन मलाई फसाउने कोसिस गर्दैछौ? मकहाँ एउटा रोमी सिक्‍का ल्याओ, र मलाई त्यो हेर्न देओ।” तिनीहरूले सिक्‍का ल्याए, र उहाँले तिनीहरूलाई सोध्नुभयो, “यो चित्र कसको हो? अनि यो छाप कसको हो?” “सिजरको,” तिनीहरूले जवाफ दिए। तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “जे सिजरको हो, त्यो सिजरलाई देओ, र जे परमेश्‍वरको हो, त्यो परमेश्‍वरलाई देओ।” अनि तिनीहरू उहाँसित छक्‍क परे।

मर्कूस 12 पढ्नुहोस्