पछिबाट उहाँलाई कुरामा फसाऔं भनेर तिनीहरूले फरिसीहरू र हेरोदीहरूमध्येका कोही व्यक्तिहरूलाई उहाँकहाँ पठाए। तिनीहरू आएर उहाँलाई भने, “गुरुज्यू, हामी जान्दछौं, तपाईं साँचो हुनुहुन्छ, र कसैको वास्ता गर्नुहुन्न। किनकि तपाईं मुख हेरेर काम गर्नुहुन्न, तर परमेश्वरको मार्ग साँचो रीतिले सिकाउनुहुन्छ। भन्नुहोस्, कैसरलाई कर तिर्नु न्यायसङ्गत छ कि छैन? हामी कर तिरौं कि नतिरौं?” येशूले तिनीहरूको कपटीपन थाहा पाएर तिनीहरूलाई भन्नुभयो, “तिमीहरू किन मलाई परीक्षा गर्दछौ? एउटा दिनार ल्याएर देखाओ।” तिनीहरूले एउटा सिक्का ल्याए। उहाँले तिनीहरूलाई भन्नुभयो, “यो तस्वीर र छाप कसको हो?” तिनीहरूले उहाँलाई भने, “कैसरको।” तब येशूले तिनीहरूलाई भन्नुभयो, “कैसरका चीजहरू कैसरलाई देओ, र परमेश्वरका चीजहरू परमेश्वरलाई।” तिनीहरूले उहाँसँग अचम्म माने।
मर्कूस 12 पढ्नुहोस्
सुन्नुहोस् मर्कूस 12
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 12:13-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू