YouVersion लोगो
खोज आइकन

मत्ती 9:27-35

मत्ती 9:27-35 NCV

अनि येशू जब त्यहाँबाट अघि बढ्नुभयो, दुईजना दृष्‍टिविहीन मानिसहरूले यसो भन्दै उहाँलाई पछ्याए, “हे दाविदका पुत्र, हामीमाथि दया गर्नुहोस्!” जब उहाँ घरभित्र पस्‍नुभयो, ती दृष्‍टिविहीन मानिसहरू उहाँकहाँ आए अनि उहाँले तिनीहरूलाई सोध्नुभयो, “म यसो गर्न सक्छु भनी के तिमीहरू विश्‍वास गर्छौ?” तिनीहरूले जवाफ दिए, “गर्छौं प्रभु।” तब उहाँले तिनीहरूका आँखा छोएर भन्‍नुभयो, “तिमीहरूको विश्‍वासअनुसार तिमीहरूलाई यस्तै होस्।” अनि तिनीहरूले दृष्‍टि पाए। येशूले तिनीहरूलाई यसरी कडा चेतावनी दिनुभयो, “यो कुरा कसैले थाहा नपाओस्।” तर तिनीहरू गइहाले अनि उहाँको बारेमा खबर सारा मुलुकभरि फिँजाए। उहाँहरू जाँदै गर्नुहुँदा एकजना भूत लागेको अनि बोल्न नसक्ने मानिसलाई उहाँकहाँ ल्याइयो। अनि जब भूत निकालियो, त्यो बोल्न नसक्ने मानिस बोल्यो र भीडले छक्‍क पर्दै भने, “इस्राएलमा यस्तो कहिल्यै देखिएको थिएन।” तर फरिसीहरूले भने, “यिनले ता भूतहरूको शासकको सहायताले भूतहरू धपाउँछन्।” येशूले सबै शहरहरू अनि गाउँहरूमा, तिनीहरूका सभाघरहरूमा सिकाउँदै, राज्यको सुसमाचार घोषणा गर्दै अनि रोग र बिरामीहरू निको पार्दै जानुभयो।

मत्ती 9 पढ्नुहोस्