YouVersion लोगो
खोज आइकन

मत्ती 7:24-26

मत्ती 7:24-26 NCV

“यसकारण हरेक जसले मेरा यी वचनहरू सुनेर त्यसअनुसार काम गर्छ, त्यो त्यस बुद्धिमान् मानिसजस्तो हो, जसले आफ्नो घर चट्टानमाथि बनायो। अनि पानी पर्‍यो, भल आयो, अनि बतास चल्यो र त्यस घरमा बजारियो, र पनि त्यो ढलेन, किनकि त्यसको जग चट्टानमाथि थियो। तर हरेक जसले मेरा यी वचनहरू सुनेर ती अनुसार काम नगर्नेचाहिँ त्यो त्यस मूर्ख मानिसजस्तो हो, जसले आफ्नो घर बालुवामाथि बनायो।

मत्ती 7 पढ्नुहोस्