“तिमीहरू पृथ्वीका नुन हौ। तर यदि यसले आफ्नो नुनिलोपन हरायो भने यसलाई फेरि कसरी नुनिलो बनाउने? यो ता बाहिर फालिन र मानिसहरूद्वारा कुल्चन बाहेक अरू कुनै काम लाग्दैन। “तिमीहरू संसारका ज्योति हौ। डाँडामा बसेको शहर लुक्न सक्दैन। न ता मानिसहरूले बत्ती बालेर भाँडोमुनि राख्छन्। तर तिनीहरूले त्यसलाई सामदानमाथि राख्छन्, अनि त्यसले घरभित्र भएका सबैलाई उज्यालो दिन्छ। यस्तै किसिमले, तिमीहरूको ज्योति मानिसहरूको सामु चम्कोस्, ताकि तिनीहरूले तिमीहरूका असल कामहरू देखेर स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्। “म व्यवस्था र अगमवक्ताहरूलाई रद्द गर्न आएको हुँ भनी नसम्झ: म तिनीहरूलाई रद्द गर्न होइन, तर ती पूरा गर्न आएको हुँ। म तिमीहरूलाई यो साँच्चै भन्दछु, जबसम्म आकाश र पृथ्वी बितेर जाँदैनन्, तबसम्म व्यवस्थाबाट एउटा सानो अक्षर अथवा बिन्दुसम्म पनि सबै पूरा नभई कुनै रीतिले बित्नेछैन। कसैले यी आज्ञाहरूमध्ये एउटा सबैभन्दा सानोलाई उलङ्घन गर्छ अनि अरूलाई पनि त्यसै गर्न सिकाउँछ भने, ऊ स्वर्गको राज्यमा सबैभन्दा सानो हुनेछ, तर जसले यी आज्ञाहरू पालन गर्छ अनि अरूलाई सिकाउँछ, त्यो स्वर्गको राज्यमा महान् भनिनेछ। किनकि म तिमीहरूलाई भन्दछु, तिमीहरूको धार्मिकता फरिसी र व्यवस्थाका शिक्षकहरूको भन्दा बढी भएन भने तिमीहरू कदापि स्वर्गको राज्यमा पस्न पाउनेछैनौ।
मत्ती 5 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 5:13-20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू