त्यहाँ तिनीहरूले येशूलाई पित्त मिसाइएको दाखमद्य पिउनलाई दिए, तर चाखेपछि उहाँले त्यो पिउन अस्वीकार गर्नुभयो। जब तिनीहरूले उहाँलाई क्रूसमा चढाइसके, तिनीहरूले उहाँका वस्त्रहरू चिट्ठा हालेर आपसमा बाँडे। अनि तिनीहरू त्यहाँ बसेर उहाँलाई पहरा दिन थाले। उहाँको शिरको मास्तिर तिनीहरूले उहाँको विरुद्धमा लेखिएको यो दोषपत्र टाँगे: यो यहूदीहरूको राजा येशू हो। त्यति बेला दुई डाँकूहरू पनि उहाँसित क्रूसमा टाँगिएका थिए, एउटा उहाँको दाहिनेपट्टि र अर्कोचाहिँ उहाँको देब्रेपट्टि। त्यस ठाउँबाट भएर हिँड्नेहरूले आफ्ना शिर हल्लाउँदै उहाँलाई अपमान गरेर यसो भने, “तँ, जो मन्दिर भत्काउने र त्यसलाई तीन दिनमा बनाउने, आफूलाई बचा! तँ परमेश्वरका पुत्र होस् भने, क्रूसबाट तल ओर्लेर आइज!” यस्तै किसिमले मुख्य पूजाहारीहरू, व्यवस्थाका शिक्षकहरू अनि प्रधानहरूले पनि उहाँको अपमान गरे। तिनीहरूले भने, “यसले अरूलाई त बचायो, तर आफूलाई बचाउन सक्दैन! यो इस्राएलको राजा हो! अहिले यो क्रूसबाट तल ओर्लिआओस्, र हामी यसलाई विश्वास गर्नेछौं। यसले परमेश्वरमाथि भरोसा राख्छ। यदि परमेश्वरले चाहनुहुन्छ भने उहाँले यसलाई अहिले मुक्त गरून्, किनकि यसले ‘म परमेश्वरका पुत्र हुँ’ भनेको छ।” यसरी नै उहाँसित क्रूसमा टाँगिने डाँकूहरूले पनि उहाँलाई धेरै अपमान गरे।
मत्ती 27 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 27:34-44
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू