YouVersion लोगो
खोज आइकन

मत्ती 26:31-35

मत्ती 26:31-35 NCV

तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “आजै राति मेरो कारणले तिमीहरू सबै जना पछि हट्नेछौ; किनकि यसरी लेखिएको छ: “ ‘म गोठालोलाई प्रहार गर्नेछु, र बगालका भेडाहरू तितरबितर हुनेछन्।’ तर म जीवित भएर उठेपछि तिमीहरूभन्दा अगि गालीलमा जानेछु।” पत्रुसले जवाफ दिए, “यदि तपाईंको कारण सबैले त्यागे तापनि मचाहिँ कहिल्यै त्याग्नेछैनँ।” येशूले जवाफ दिनुभयो, “म तिमीलाई साँच्‍चै भन्दछु, आज राति नै भाले बास्‍नुअगि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ।” तर पत्रुसले भने, “म तपाईंसित मर्नुपरे तापनि म तपाईंलाई कहिल्यै इन्कार गर्नेछैनँ।” अनि अरू सबै चेलाहरूले पनि त्यही प्रकारले भने।

मत्ती 26 पढ्नुहोस्