“जब मानिसका पुत्र आफ्नो महिमामा आफ्ना सबै दूतहरूसित आउनेछन्, महिमामय सिंहासनमा बस्नेछन्। सारा राष्ट्रहरू उसको अघि भेला गराइनेछन्, अनि गोठालाले बाख्राहरूबाट भेडाहरू अलग गरेझैं तिनले मानिसहरूलाई एक-अर्कादेखि अलग गर्नेछन्। तिनले भेडाहरूलाई आफ्नो दाहिनेतिर अनि बाख्राहरूलाई आफ्नो देब्रेतिर राख्नेछन्। “तब आफ्ना दाहिनेतिरकाहरूलाई राजाले भन्नेछन्, ‘आओ, मेरा पिताका धन्यहरू; संसारको उत्पत्तिदेखि तिमीहरूको लागि तयार पारिएको राज्य, तिमीहरूको उत्तराधिकार लेओ। किनकि म भोकाएको थिएँ र तिमीहरूले मलाई केही खानेकुरा दियौ, म तिर्खाएको थिएँ र तिमीहरूले मलाई केही पिउने कुरा दियौ, म परदेशी थिएँ र तिमीहरूले मलाई भित्र स्वागत गर्यौ, मलाई वस्त्रको खाँचो थियो र तिमीहरूले मलाई पहिर्यायौ, म बिरामी थिएँ र तिमीहरू मलाई हेर्न आयौ, म झ्यालखानामा थिएँ र तिमीहरू मलाई भेट्न आयौ।’
मत्ती 25 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 25:31-36
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू