येशूले मन्दिर छोडेर गइरहनुहुँदा, चेलाहरू उहाँको ध्यान मन्दिरको बनौटतिर आकर्षित गर्नलाई उहाँकहाँ आए। उहाँले सोध्नुभयो, “के तिमीहरू यी सब थोक देख्दैछौ? म तिमीहरूलाई साँच्चै भन्दछु, यहाँको एउटा ढुङ्गा पनि अर्कोमाथि छोडिनेछैन, तर प्रत्येक ढुङ्गा तल फ्याँकिनेछ।” येशू जैतुन डाँडामा बसिरहनुहुँदा चेलाहरू सुटुक्क उहाँकहाँ आए। तिनीहरूले भने, “हामीलाई भन्नुहोस्, यो कहिले हुनेछ, अनि तपाईंको आगमनको र जगतको अन्त्यको चिन्ह के हुनेछ?” येशूले जवाफ दिनुभयो: “होसियार रहो, ताकि कसैले तिमीहरूलाई धोका नदेओस्। किनकि धेरैजना मेरो नाउँमा ‘म ख्रीष्ट हुँ,’ भन्ने दाबी गर्दै आउनेछन् अनि धेरैलाई धोका दिनेछन्। तिमीहरूले लडाइँहरू र लडाइँका हल्लाहरू सुन्नेछौ, तर तिमीहरू नडराउनू। यस्ता कुराहरू त हुनैपर्छ, तर अन्त्य आउन अझै बाँकी नै छ। जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्नेछ। धेरै ठाउँहरूमा अनिकाल र भुँइचालाहरू जानेछन्। तर यी सबै त प्रसववेदनाको सुरुआतजस्तै मात्र हुन्। “तब तिमीहरू सताइनको लागि र मारिनको लागि सुम्पिइनेछौ, अनि तिमीहरू मेरो निम्ति सबै राष्ट्रहरूद्वारा घृणित हुनेछौ। त्यस बेला धेरैजना विश्वासबाट पछि हट्नेछन्, अनि एक-आपसमा धोकाबाजी र घृणा गर्नेछन्। अनि धेरै झूटा अगमवक्ताहरू देखा परेर धेरैलाई भ्रममा पार्नेछन्। दुष्टता बढेकोले, धेरैको प्रेम सेलाउनेछ, तर जो अन्त्यसम्म स्थिर रहन्छ, त्यो नै बचाइनेछ। अनि राज्यको सुसमाचार सबै राष्ट्रहरूमा साक्षीको रूपमा विश्वभरि प्रचार गरिनेछ, त्यसपछि अन्त्य आउनेछ।
मत्ती 24 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 24:1-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू