YouVersion लोगो
खोज आइकन

मत्ती 24:1-14

मत्ती 24:1-14 सरल नेपाली

येशू मन्‍दिरबाट निस्‍केर जाँदै हुनुहुन्‍थ्‍यो। त्‍यति बेलै चेलाहरू आएर उहाँलाई मन्‍दिरको सुन्‍दरता देखाए। अनि येशूले भन्‍नुभयो, “तिमीहरूले यी सब देख्‍नेछौ? साँच्‍चै म तिमीहरूलाई भन्‍छु, यी भवनहरूका एउटा ढुङ्गामाथि अर्को ढुङ्गा पनि बाँकी रहनेछैन, सबै भत्‍काइनेछ।” केही समयपछि येशू जैतुन डाँडामा बसिरहनुभएको बेलामा चेलाहरूले सुटुक्‍क आएर उहाँलाई सोधे, “गुरुज्‍यू, हामीलाई भन्‍नुहोस् न, यी सबै कुराहरू कहिले हुनेछन्? अनि तपाईं फर्की आउन लाग्‍नुभएको र संसारको अन्‍त हुन आँटेको छ भनी हामीले कसरी थाहा पाउन सक्छौं?” येशूले जवाफ दिनुभयो, “होशियार रहो! कसैले पनि तिमीहरूलाई छकाउन नपाओस् किनभने धेरै मानिसहरू ‘मुक्ति दिने ख्रीष्‍ट मै हुँ’ भन्‍दै मेरो नाउँमा आउनेछन् अनि धेरै मानिसहरूलाई छकाउनेछन्। तिमीहरूले लडाइँ भयो भन्‍ने र लडाइँ हुने हल्‍लाहरू सुन्‍नेछौ। तर त्‍यस बेला तिमीहरू नडराउनू। ती सबै कुराहरू त हुनु नै पर्छ, तर त्‍यति नै खेर त संसारको अन्‍त हुँदैन। जाति-जातिको बीचमा लडाइँ चल्‍नेछ। अनि एउटा राज्‍यले अर्को राज्‍यमाथि हमला गर्नेछ। जताततै अनिकालपर्नेछ र भूइँचालो जानेछ। यी कुराहरू त दु:खको सुरु मात्रै हो। “त्‍यस बेला मानिसहरूले तिमीहरूलाई पक्रनेछन् र सजाय दिन लैजानेछन्, अझै मार्ने पनि छन्। मेरो कारणले गर्दा सबै जातिका मानिसहरूले तिमीहरूलाई घृणा गर्नेछन्। त्‍यस बेला धेरैले आफ्‍नो विश्‍वासलाई त्‍याग्‍नेछन्, एकले अर्कालाई धोखाबाजी गर्नेछन्, घृणा गर्नेछन्। धेरै झूटा अगमवक्ताहरू निस्‍केर धेरै मानिसहरूलाई छकाउनेछन्। जताततै दुष्‍टता बढ्‍ने हुनाले धेरै मानिसहरूको प्रेम पनि सेलाएर जानेछ। तर आखिरसम्‍मै स्‍थिर रहनेहरूचाहिँ बचाइनेछ। सबै जातिका मानिसहरूलाई साक्षी होस् भनेर पहिले परमेश्‍वरको राज्‍यको सुसमाचार संसारभरि सुनाइनेछ। त्‍यसपछि संसारको अन्‍त हुनेछ।

मत्ती 24 पढ्नुहोस्