जब येशू यरूशलेममा प्रवेश गर्नुभयो, सम्पूर्ण शहरमा हलचल मच्चियो अनि तिनीहरूले सोधे, “यिनी को हुन्?” त्यस भीडले जवाफ दियो, “यिनी गालीलको नासरतबाट आएका अगमवक्ता येशू हुन्।” येशू मन्दिरको इलाकामा प्रवेश गर्नुभयो अनि त्यहाँ किनबेच गर्नेहरू सबैलाई धपाइदिनुभयो। उहाँले पैसा साट्नेहरूका टेबुलहरू अनि परेवा बेच्नेहरूका बेन्चहरू पल्टाइदिनुभयो। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “यो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर हुनेछ,’ तर तिमीहरूले यसलाई ‘डाँकूहरूको एउटा ओडार बनाइरहेका छौ।’ ” दृष्टिविहीन अनि हिँड्न नसक्नेहरू उहाँकहाँ मन्दिरमा आए, अनि उहाँले तिनीहरूलाई निको पार्नुभयो। तर जब मुख्य पूजाहारीहरू र व्यवस्थाका शिक्षकहरूले उहाँले गर्नुभएका अद्भुत कामहरू देखे, अनि मन्दिरको इलाकामा बालबालिकाहरूले “दाविदका पुत्रलाई होसन्ना” भनेका सुने, तिनीहरू रिसाए। तिनीहरूले उहाँलाई सोधे, “यी बालबालिकाहरूले के भन्दैछन्, तिमी सुन्दैछौ?” येशूले जवाफ दिनुभयो, “हो, सुन्दैछु। के तिमीहरूले कहिल्यै धर्मशास्त्र पढेका छैनौ: “ ‘केटाकेटीहरू अनि शिशुहरूका ओठबाट प्रभु, तपाईंले प्रशंसा निकाल्नुभएको छ’?” अनि उहाँ तिनीहरूलाई छोडेर शहरबाहिर बेथानीमा जानुभयो, जहाँ उहाँले रात बिताउनुभयो।
मत्ती 21 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 21:10-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू