जब उहाँ यरूशलेममा प्रवेश गर्नुभयो, सारा सहरमा हलचल मच्चियो। मानिसहरूले सोध्न लागे, “यिनी को हुन्?” भीड़का मानिसहरूले जवाफ दिए, “यिनी गालीलको नासरतबाट आएका अगमवक्ता, येशू हुन्।” येशू परमेश्वरको मन्दिरमा प्रवेश गर्नुभयो। अनि उहाँले मन्दिरमा किनबेच गर्ने सबैलाई धपाउनुभयो, र पैसा साट्नेहरूका टेबिल, र परेवा बेच्नेहरूका आसन पल्टाइदिनुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “यो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर कहलाइनेछ।’ तर तिमीहरूले यसलाई डाँकूहरूको अड्डा बनाएका छौ।” अन्धा र लङ्गड़ाहरू मन्दिरमा उहाँकहाँ आए, र उहाँले तिनीहरूलाई निको पार्नुभयो। तर जब मुख्य पूजाहारीहरू र शास्त्रीहरूले चाहिँ उहाँले गर्नुभएका अचम्मका काम देखे, र केटाकेटीहरूले मन्दिरमा “दाऊदका पुत्रलाई होसन्ना” भन्दै चिच्च्याएका सुने, तब तिनीहरू क्रोधित भए, र तिनीहरूले उहाँलाई भने, “सुन्दैछौ, यिनीहरूले के भनिरहेका छन्?” तब येशूले तिनीहरूलाई भन्नुभयो, “हो, सुन्दैछु। के तिमीहरूले पढ़ेका छैनौ, ‘शिशुहरू र दूधे-बालकहरूका ओठबाट तपाईंले पूर्ण प्रशंसा निकाल्नुभएको छ’?” तब तिनीहरूलाई छोड़ेर उहाँ सहरबाट निस्की बेथानियामा गई त्यहाँ वास बस्नुभयो।
मत्ती 21 पढ्नुहोस्
सुन्नुहोस् मत्ती 21
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 21:10-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू