YouVersion लोगो
खोज आइकन

मत्ती 20:29-34

मत्ती 20:29-34 NCV

येशू र उहाँका चेलाहरूले जब यरिहो छोड्दैहुनुहुन्थ्यो, एउटा ठूलो भीडले उहाँलाई पछ्यायो। दुईजना दृष्‍टिविहीन मानिसहरू बाटोको छेउमा बसिरहेका थिए, अनि जब तिनीहरूले येशू त्यहाँबाट जाँदैहुनुहुन्छ भन्‍ने सुने, तिनीहरू यसो भनी कराए, “हे प्रभु, दाविदका पुत्र, हामीमाथि दया गर्नुहोस्!” भीडले तिनीहरूलाई चूप लागून् भनेर हकारे, तर तिनीहरू झन् चर्को सोरमा कराए, “हे प्रभु, दाविदका पुत्र, हामीमाथि दया गर्नुहोस्!” येशू रोकिनुभयो र तिनीहरूलाई बोलाएर सोध्नुभयो, “म तिमीहरूको निम्ति के गरूँ भनी तिमीहरू चाहन्छौ?” तिनीहरूले जवाफ दिए, “हे प्रभु, हामीले आफ्नो दृष्‍टि पाऔं।” येशू तिनीहरूप्रति दयाले भरिनुभयो अनि तिनीहरूका आँखा छोइदिनुभयो। तुरुन्तै तिनीहरूले आफ्नो दृष्‍टि पाए, अनि उहाँलाई पछ्याए।

मत्ती 20 पढ्नुहोस्