YouVersion लोगो
खोज आइकन

मत्ती 20:29-33

मत्ती 20:29-33 NCV

येशू र उहाँका चेलाहरूले जब यरीहो छोड्नुभयो, एउटा ठूलो भीडले उहाँलाई पछ्यायो। दुई जना दृष्‍टिविहीन मानिसहरू बाटोको छेउमा बसिरहेका थिए; अनि जब येशू त्यहाँबाट जाँदैहुनुहुन्छ भन्‍ने तिनीहरूले सुने, तब तिनीहरू यसो भन्दै कराए, “हे प्रभु, दावीदका पुत्र, हामीमाथि दया गर्नुहोस्!” भीडले तिनीहरूलाई चुप लागून् भनेर हकारे, तर तिनीहरू झन् चर्को सोरमा कराए, “हे प्रभु, दावीदका पुत्र, हामीमाथि दया गर्नुहोस्!” येशू रोकिनुभयो र तिनीहरूलाई बोलाएर सोध्नुभयो, “म तिमीहरूका निम्ति के गरूँ भनी तिमीहरू चाहन्छौ?” तिनीहरूले जवाफ दिए, “हे प्रभु, हामीले आफ्नो दृष्‍टि पाऔँ।”

मत्ती 20 पढ्नुहोस्