YouVersion लोगो
खोज आइकन

मत्ती 20:29-33

मत्ती 20:29-33 सरल नेपाली

उहाँहरू यरीहो सहरबाट जाँदा मानिसहरूको ठूलो धुइरो येशूको पछिपछि लाग्‍यो। बाटोको छेउमा दुई जना अन्‍धाहरू बसिरहेका थिए। येशू त्‍यही बाटो भएर गइरहनुभएको थाहा पाएर तिनीहरूले कराउँदै भने, “हे दाऊदका पुत्र, हे प्रभु, हामीमाथि दया गर्नुहोस्!” मानिसहरूले तिनीहरूलाई ‘चुप लाग’ भनेर हप्‍काए। तर तिनीहरूले झन् चिच्‍च्‍याएर भने, “हे दाऊदका पुत्र, हे प्रभु, हामीमाथि दया गर्नुहोस्!” हिँड्दाहिँड्दै येशू टक्‍क अडिनुभयो अनि तिनीहरूलाई बोलाएर सोध्‍नुभयो, “तिमीहरूको लागि मैले के गर्नुपर्‍यो?” “प्रभु, हामीले आँखा देख्‍न पाऔं!” तिनीहरूले बिन्‍ती चढाए।

मत्ती 20 पढ्नुहोस्