YouVersion लोगो
खोज आइकन

मत्ती 2:1-12

मत्ती 2:1-12 NCV

राजा हेरोदको समयमा यहूदियाको बेथलेहेममा येशूको जन्म भएपछि पूर्वबाट ज्योतिषीहरू यरूशलेममा आए र सोधे, “यहूदीहरूका राजा भएर जन्मनुभएको कहाँ हुनुहुन्छ? हामीले पूर्वमा उहाँको तारा देख्यौं र हामी उहाँलाई दण्डवत् गर्न आएका छौं।” त्यस बेला राजा हेरोदले जब यो सुने, तिनी र यरूशलेममा भएका सबै विचलित भए। अनि तिनले सबै मुख्य पूजाहारीहरू र व्यवस्थाका शिक्षकहरूलाई बोलाए र ख्रीष्‍टको जन्म कहाँ भएको हो भनी सोधे। तिनीहरूले जवाफ दिए, “यहूदियाको बेथलेहेममा, किनकि अगमवक्‍ताले यसरी लेखेका छन्: “ ‘तर यहूदा प्रदेशमा भएको बेथलेहेम, तिमी कुनै किसिमले पनि यहूदाका शासकहरूमध्ये सानो छैनौ; किनकि तिमीबाट एकजना शासक आउनुहुनेछ जो मेरा मानिस, इस्राएलका गोठाला हुनुहुनेछ।’ ” तब हेरोदले ज्योतिषीहरूलाई सुटुक्‍क बोलाएर तारा देखा परेको ठीक समय पत्ता लगाए। अनि तिनले तिनीहरूलाई बेथलेहेममा पठाएर यसो भने, “जाओ अनि होसियारीसाथ बालकलाई खोज। तिमीहरूले तिनलाई भेट्टाउने बित्तिकै मलाई भन र म पनि गएर तिनलाई दण्डवत् गर्नेछु।” राजाबाट यो कुरा सुनेपछि तिनीहरू आफ्नो बाटो लागे, अनि तिनीहरूले पूर्वमा देखेको त्यो तारा, तिनीहरू त्यस बालक भएको ठाउँमा नपुगुन्जेल तिनीहरूका अघि लाग्यो। जब तिनीहरूले त्यो तारा देखे, तब तिनीहरू अति आनन्दित भएर रमाए। घरमा आइपुगेपछि तिनीहरूले बालकलाई आफ्नी आमा मरियमको साथमा देखे अनि तिनीहरूले घोप्टो परेर उहाँलाई दण्डवत् गरे। तब तिनीहरूले आफ्ना कन्तुर खोलेर उहाँलाई सुन, सुगन्धित धूप र मूर्रका भेटी चढाए। त्यस रात हेरोदकहाँ नजानू भन्‍ने सपनामा चेतावनी पाएर तिनीहरू अर्कै बाटो भएर आफ्नो देशमा फर्के।

मत्ती 2 पढ्नुहोस्

मत्ती 2:1-12 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति