YouVersion लोगो
खोज आइकन

मत्ती 19:16-26

मत्ती 19:16-26 NCV

एक जना मानिसले येशूकहाँ आएर सोध्यो, “हे गुरु, अनन्त जीवन प्राप्‍त गर्नलाई मैले के असल काम गर्नुपर्छ?” येशूले जवाफ दिनुभयो, “असल के हो भनी तिमी मलाई किन सोध्छौ? असल त एक जना मात्र हुनुहुन्छ। यदि तिमी जीवनमा प्रवेश गर्न चाहन्छौ भने आज्ञाहरू पालन गर।” त्यस मानिसले सोध्यो, “कुन-कुनचाहिँ?” येशूले जवाफ दिनुभयो, “ ‘हत्या नगर्नू, व्यभिचार नगर्नू, चोरी नगर्नू, झूटो साक्षी नदिनू, आफ्ना बुबाआमालाई आदर गर्नू, आफ्नो छिमेकीलाई आफैँलाई झैँ प्रेम गर्नू।’” त्यस जवान मानिसले जवाफ दियो, “मैले यी सबै पालन गर्दैआएको छु; ममा अझै के कमी छ?” येशूले उत्तर दिनुभयो, “यदि तिमी सिद्ध हुने इच्छा गर्छौ भने जाऊ, आफ्ना सबै थोक बेचेर गरिबहरूलाई देऊ; अनि तिमीले स्वर्गमा धनसम्पत्ति पाउनेछौ। त्यसपछि आऊ, मेरो पछि लाग।” यो सुनेर त्यो जवान मानिस दुःखी भएर गइहाल्यो, किनकि ऊसँग धेरै सम्पत्ति थियो। तब येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “म साँच्‍चै भन्दछु, धनी मानिसलाई स्वर्गको राज्यमा प्रवेश गर्न कति कठिन छ। म फेरि तिमीहरूलाई भन्दछु, धनी मानिसलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्नुभन्दा त, बरु ऊँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुन्छ।” जब चेलाहरूले यो सुने, तिनीहरू साह्रै छक्‍क परे र सोधे, “त्यसो भए कसले उद्धार पाउन सक्छ त?” येशूले तिनीहरूतिर हेरेर भन्‍नुभयो, “मानिसका लागि यो असम्भव छ; तर परमेश्‍वरका लागि सबै कुरा सम्भव छन्।”

मत्ती 19 पढ्नुहोस्