YouVersion लोगो
खोज आइकन

मत्ती 14:1-12

मत्ती 14:1-12 NCV

त्यस बेला देशका एक चौथाइ भागका शासक हेरोदले येशूको विषयमा विवरण सुने। तिनले आफ्ना भारदारहरूलाई भने, “यिनी त बप्‍तिस्मा दिने यूहन्‍ना हुन्; जो मरेकाबाट जीवित भएका छन्, त्यसकारण तिनीद्वारा शक्‍तिशाली कामहरू भइरहेका छन्।” हेरोदले आफ्नो भाइ फिलिपकी पत्नी हेरोदियासको कारणले, यूहन्‍नालाई पक्रेर अनि बाँधेर झ्यालखानामा राखेका थिए, किनकि यूहन्‍नाले तिनलाई यसो भनेका थिए: “तपाईंले उसलाई राख्नु उचित छैन।” हेरोदले यूहन्‍नालाई मार्न चाहेका थिए, तर तिनी मानिसहरूदेखि डराउँथे, किनकि तिनीहरूले यूहन्‍नालाई एक अगमवक्‍ता भनी मान्थे। हेरोदको जन्मदिनमा हेरोदियासकी छोरीले पाहुनाहरूका निम्ति नाचेर हेरोदलाई यति धेरै खुशी पारी कि, तिनले उसले जे मागे पनि दिनेछु भनी शपथ खाएर वचन दिए। आमाले सिकाएअनुसार त्यसले भनी, “यहीं मलाई एउटा थालमा बप्‍तिस्मा दिने यूहन्‍नाको शिर दिनुहोस्।” राजा दुःखित भए, तर आफ्नो शपथ र भोजमा बसेका पाहुनाहरूका निम्ति उनले त्यस विन्तीलाई पूरा गरिदिने आज्ञा दिए, अनि झ्यालखानामा यूहन्‍नाको शिर काट्न लगाए। तिनको शिर एउटा थालमा ल्याएर त्यस केटीलाई दिइयो, उसले त्यो आफ्नी आमाकहाँ लगी। यूहन्‍नाका चेलाहरू आएर तिनको शरीर लगे, अनि त्यो गाडिदिए। अनि तिनीहरूले गएर येशूलाई भनिदिए।

मत्ती 14 पढ्नुहोस्