तब उहाँले यसो भन्दै तिनीहरूलाई दृष्टान्तबाट धेरै कुराहरू भन्नुभयो: “एकजना किसान बीउ छर्नलाई निस्क्यो। उसले जब बीउ छर्दैथियो, केही बीउ बाटोमा परे, अनि चराहरूले आएर ती खाइहाले। केही ढुङ्गेनी जमिनहरूमा परे, जहाँ धेरै माटो थिएन। ती चाँडै उम्रे, किनकि माटो पातलो भएकोले जब घाम लाग्यो, ती बिरुवाहरू ओइलाए, अनि तिनीहरूमा जरा नभएकाले ती सुकिहाले। अरू काँडाका झाडीमा परे, अनि काँडाहरू बढेर आए र ती बिरूवाहरूलाई निसासिदिए। अरू बीउहरूचाहिँ असल जमिनमा परे, जसबाट त्यसले छरेको भन्दा सय गुणा, साठी गुणा र तीस गुणा अन्न फलाए।
मत्ती 13 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 13:3-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू