उहाँले तिनीहरूलाई दृष्टान्तमा धेरै कुरा भन्नुभयो। उहाँले भन्नुभयो, “एक जना बीउ छर्ने बीउ छर्न निस्क्यो। अनि यसरी छर्दा केही बीउ बाटोतिर परे, र चराचुरुङ्गीले आएर ती खाइदिए। केही बीउ ढुङ्गेनी जमिनमा परे, जहाँ धेरै माटो थिएन, र गहिरो माटो नभएकोले ती छिट्टै उम्रे। तर जब घाम लाग्यो ती ओइलाए, र जरा नभएकोले ती सुकिहाले। अरूहरूचाहिँ काँढ़ाहरूका बीचमा परे, तर काँढ़ाहरू बढ़ेर आए र तिनलाई निसासिदिए। अरू बीउ असल जमिनमा परे, र कुनैले सय, कुनैले साठी, कुनैले तीस गुणा फल दिए।
मत्ती 13 पढ्नुहोस्
सुन्नुहोस् मत्ती 13
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 13:3-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू