अनि तिनीहरूमध्ये कोचाहिँ सबैभन्दा ठूलो गनिने हो भनेर पनि तिनीहरूका बीचमा विवाद सुरु भयो। येशूले तिनीहरूलाई भन्नुभयो, “गैरयहूदीका राजाहरूले तिनीहरूमाथि प्रभुत्व गर्छन्, र तिनीहरूमाथि अधिकार चलाउनेहरूले आफैलाई ‘उपकारी’ भन्छन्। तर तिमीहरूचाहिँ यस्तो नहोओ। तर वास्तवमा तिमीहरूमध्ये जो ठूलो छ, त्यो सबैभन्दा सानोझैं बनोस् र साशकचाहिँ सेवा गर्नेजस्तै बनोस्। किनकि ठूलो को हो, टेबुलमा ढल्कने कि सेवा गर्ने? के टेबुलमा ढल्कने नै ठूलो होइन र? तर म तिमीहरूका बीचमा एकजना सेवा गर्नेजस्तै छु।
लूका 22 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 22:24-27
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू