जब सही समय भयो, येशू र उहाँका चेलाहरू टेबुलमा खान बस्नुभयो। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “आफूले दुःख भोग्नुभन्दा अगाडि नै तिमीहरूसँग यो निस्तार चाडको भोज खान मैले उत्कट इच्छा गरेको थिएँ। किनकि म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्यमा यसको अर्थ पूरा नभएसम्म म यो फेरि खानेछैनँ।” कचौरा लिनुभएपछि उहाँले परमेश्वरलाई धन्यवाद दिनुभयो र भन्नुभयो, “यो लेओ, र तिमीहरू आपसमा बाँड। किनकि म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्य नआएसम्म फेरि दाखको रसबाट म कहिल्यै पिउनेछैनँ।” त्यसपछि उहाँले रोटी लिनुभयो। परमेश्वरलाई धन्यवाद दिएर त्यो भाँच्नुभयो, र यसो भन्दै त्यो तिनीहरूलाई दिनुभयो, “यो तिमीहरूका निम्ति दिइएको मेरो शरीर हो, मेरो सम्झनामा यो गर्ने गर।”
लूका 22 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 22:14-19
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू