खाने बेला भएपछि येशू आफ्ना बाह्र चेलाहरूसँग खान बस्नुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “दु:ख भोग्नुभन्दा अघि मैले तिमीहरूसँग निस्तार चाडको यो भोज खाने ठूलो इच्छा गरेको थिएँ। अब म तिमीहरूलाई भन्छु, परमेश्वरको राज्यमा यस भोजको अर्थ पूरा नहुञ्जेल म फेरि यो भोज खानेछैनँ।” त्यसपछि येशूले कचौरा लिनुभयो र परमेश्वरलाई धन्यवाद चढाएर भन्नुभयो, “यो लेओ र तिमीहरू सबैले बाँडेर खाओ। म तिमीहरूलाई भन्छु, अबदेखि परमेश्वरको राज्य नआउञ्जेल म फेरि अङ्गुरको रस पिउनेछैनँ।” त्यसपछि येशूले रोटी लिनुभयो र परमेश्वरलाई धन्यवाद चढाएर टुक्र्याउनुभयो र चेलाहरूलाई दिँदै भन्नुभयो, “तिमीहरूलाई दिएको यो मेरो शरीर हो। अबदेखि मेरो सम्झनाको निम्ति यसरी नै खाने गर।”
लूका 22 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 22:14-19
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू