ती दिनहरूमा रोमी सम्राट सिजर अगस्टसले उनको साम्राज्यमा हरेक जनाको जनगणना गरियोस् भन्ने हुकुम जारी गरे। (कुरेनियस सिरिया राज्यका राज्यपाल हुँदा, यो पहिलो जनगणना भएको थियो।) अनि नाउँ दर्ता गर्न सबै आ-आफ्ना शहरमा गए। यसरी योसेफ पनि गालील प्रदेशको नासरत शहरबाट यहूदिया प्रदेशमा, दाविदको शहर बेथलेहेम गए, किनकि उनी दाविदकै घराना र वंशका थिए। उनी आफ्नो नाउँ दर्ता गर्न मरियमसँगै गए, जसको मगनी उनीसँग भएको थियो, र तिनी गर्भवती थिइन्। तिनीहरू त्यहाँ रहेकै बेला, बालक जन्मने बेला भयो, र तिनले आफ्नो जेठो छोरो जन्माइन्। तिनले बालकलाई लुगाले बेह्रेर एउटा डुँडमा राखिन्, किनकि तिनीहरूका निम्ति त्यहाँ पौवामा ठाउँ थिएन।
लूका 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 2:1-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू