त्यस बेला रोमी महाराजा अगस्टसले ‘राज्यभरिका सबै मानिसहरूको नाउँ लेखेर दर्ता गर्नुपर्छ’ भन्ने हुकुम दिए। यसरी दर्ता गर्नुपर्छ भनेर हुकुम आएको योचाहिँ पहिलोपल्ट थियो। त्यति बेला कुरेनियस् सिरिया इलाकाका बडा-हाकिम थिए। महाराजाको हुकुमअनुसार सबै आ-आफ्ना गाउँ वा सहरमा नाउँ दर्ता गराउन गएँ। त्यति बेला योसेफचाहिँ गालील क्षेत्रको नासरत भन्ने सहरमा बस्थे। तर उनको सहर भने आफ्ना पुर्खा राजा दाऊदको सहर बेथलेहेम थियो किनभने उनी दाऊद कुलका सन्तान थिए। यसैकारण उनी आफ्नो नाउँ लेखाउन बेथलेहेम गए। योसेफसँग मरियमको विवाह गर्ने कुरा पक्का भइसकेकोले उनले तिनलाई पनि सँगै लगे। त्यतिखेर मरियम गर्भवती थिइन्। तिनीहरू बेथलेहेममा हुँदा नै मरियमको सुत्केरी हुने बेला भयो र तिनले आफ्नो जेठो छोरा जन्माइन् र थाङ्नाले बेरेर गोठमा रहेको डुँडमा सुताइन् किनभने उनीहरूले पाटी-पौवामा बस्न कहीँ पनि ठाउँ पाएनन्।
लूका 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 2:1-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू